citizens life insurance long ad
stcnepal long ad

हिमालयन जनरल इन्स्योरेन्सको नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा १७.५२ प्रतिशतले बढेर १० करोड ६९ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड १० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार बढेकाले खुद नाफा बढेको हो ।

 

बिमा कोषको आकार १०.३७ प्रतिशतले बढेर ६७ करोड ४ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६० करोड ७४ लाख रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन २५.१६प्रतिशतले बढेर २७ करोड ७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३१ पैसा छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने सहमति गरेरसँगै यी दुवै कम्पनीको सेयर कारोबार दोस्रो बजारमा रोक्का छ ।

IME Life
kumari