शिखर इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम मौका
काठमाडौं । आज वैशाख २७ गते शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन हो । आज मंगलबार दिउँसो २ बजेसम्म यो लिलामी सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।
इन्स्योरेन्सले वैशाख १९ गतेबाट सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।