stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिफिनको एक दिने इन्स्योरेन्स कन्फ्रेन्स सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (BFIN) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (BITECH) सँगको सहकार्यमा “Conference on Ushering Paradigm Shift in the Insurance Industry in Next Decade- Resilience to Change” शिर्षकको एकदिने सम्मेलन २०७९ बैशाख ३० गते  काठमाडौंमा सम्पन्न गरेको छ ।

सम्मेलनमा बिमा व्यवसायीहरु, बैंकरहरु, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका करिब १२० Professionals हरुको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन कार्यक्रमका विशिष्ट अथिती प्रोफेसर डा. हरिवंश चतुर्वेदी (बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (BITECH) ले गर्नुभयो ।

सम्मेलनमा कोरोना महामारीको असर पश्चात परिवर्तित बिमा व्यवसायीक वातावरणको साथै बिमा क्षेत्रमा देखिएका कैयौं नयाँ आयामहरु जस्तै उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षाहरु, Insur-Tech को विकास, साइबर सुरक्षा, जलवायु परिवर्तन, तिव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता (Complexity of Talent) लगायतका विषयमा नेपाल, भारत र बंगलादेश बाट उपस्थित सहभागीहरुको बिचमा छलफल भयो ।

कार्यक्रमका प्रमुख अतिथि बिमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले यस्ता कार्यक्रमको आयोजनाबाट नेपालको बिमा व्यवसायले भारत र बंगलादेशको अनुभवबाट आगामी दिनमा तय गर्नुपर्ने बाटो निर्धारण गर्न सहयोग पुग्ने तथा बिमा व्यवसायको क्षेत्रलाई थप परिष्कृत गर्न सहयोग पु¥याउने विस्वास व्यक्त गर्नुभयो ।

यसका साथै Draft भईसकेको National Insurance Policy पारित भई कार्यान्वयनमा आउन सकेमा बिमा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष सिलवालले बिमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउन सकिने भन्दै आगामि बजेटमा बिमा क्षेत्रको विकासको लागि धेरै भन्दा धेरै नितिहरु आउने आशा समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमको प्रमुख प्रायोजकManoj Reinsurance Broker, मुख्य प्रायोजक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिल्भर स्पोन्सर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, जेबी बोडा इन्स्योरेन्स, एटलस डी कार्गो प्रा। लिमिटेड र मिडिया पार्टनर द इन्स्योरेन्स टाइम्सको साथसाथै बीमा क्षेत्रका सम्पूर्ण संस्थाहरूलाई सहभागीताको लागि बिफिन धन्यवाद दिदै आगामि दिनहरुमा समेत व्यवसायीक निरन्तरताको अपेक्षा गर्दछ ।

 

prabhu mahalaxmi
kumari