stcnepal long ad
ime life insurance
national life
global ime bank long

एशियन लाईफ इन्स्योरेन्स १३ औं वर्ष प्रवेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार

काठमाडौं । विगत १२ वर्षदेखि निरन्तररुपमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको  एशियन लाईफ इन्स्योरेन्सले चैत २१ बाट संचालनको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।

जीवन बीमाको क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्नमा ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु तथा नियामक निकायहरु बीमा समिति,नेपाल धितोपत्र बोर्ड,  कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङले कम्पनी प्रति दर्शाएको विश्वास तथा सद्भावप्रति हार्दिक आभार प्रकट गरेको छ ।

कम्पनीले चालू आ.व.(फाल्गुन मसान्तसम्म)मा कूल २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीको दावी  छ । त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको बिक्रीबाट आ.व. ७६/७७ को फाल्गुनसम्ममा कूल बीमाशुल्क २१ अर्ब ६० करोड रुपैयाँ संकलन गरेको छ ।

कम्पनीको कूल लगानी २१ अर्ब रुपैयाँ र जीवन बीमा कोष २० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको ५ अर्ब रुपैयाँ अधिकृत पूँजी र २ अर्ब १ करोड रुपैइाँ चुक्ता पूँजी रहेको छ । देशैभर रहेका १३६ वटा शाखा÷उपशाखा मार्फत् कम्पनीले बीमितलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म म्यादी, सावधिक तथा आजीवन बीमालेख सहित २१ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको यस कम्पनीले हालै ‘एशियन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ समेत सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बीमितले प्रत्येक वर्ष ५ प्रतिशतको दरले बीमांक रकम फिर्ता पाउनुको साथै बीमा अवधीको समाप्तीमा बाँकी बीमांक र आर्जित बोनश एकमुष्ठ पाउने सुविधा रहेको छ ।

हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले ’लक डाउन’ को घोषणा गरेको कारण बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागि जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका लागि देहायको व्यवस्था गरिएको छ ।

हाल भुक्तानी गर्नु पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा ब्याज नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari