stcnepal long ad
ime life insurance
global ime bank long

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयरधनी बन्ने आज चैत २४ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले शुक्रबार चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यस आधारमा आज चैत २४ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यसले वैशाख ९ गते वार्षिक साधारण सभा डाकेको छ । सभामा ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतका विषयमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

यसैगरी, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभा, लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari