प्रुडेन्सियल इन्स्योरेन्सको वैशाख ११ गते वार्षिक साधारण सभा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे सुरु हुने कम्पनीले जानकारी गराएको छ ।
साधारण सभा प्रयोजनका लागि प्रुडेन्सियलले बिहीबार चैत २४ गते बुक क्लोज गर्ने भएको छ । चैत २३ गते बुधबारसम्म कायम रहने सेयरधनीहरुले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रुडेन्सियलले हाल कायम १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।























