शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले चैत १ गतेबाट ३० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
लगानीकर्ताले सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइने छ ।शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३०५ हकप्रद बिक्रीमा ल्याएको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।























