सेयरधनीको डिम्याट खातामा एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर जम्मा
काठमाडौं । सम्बन्धित सेयरधनीको डिम्याट खातामा एसियन लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत माघ ११ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । एसियनको माघ २१ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २ प्रतिशतनगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।























