नेको इन्स्योरेन्सको चैत ९ गते साधारण सभा
काठमाडौं । नेको इन्स्योरेन्सले लाभाशं प्रस्ताव पारित गर्न बुधबार चैत ९ गते साधारण सभा डाकेको छ । सभा इन्स्योरेन्सको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि नेको इन्स्योरेन्सले चैत १ गते बुक क्लोज गरिसकेको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । सोही अवधिसम्म कायम सेयरधनीले सभामा भाग लिन पनि पाउनेछन् ।
























