आज चैत २ गते एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज चैत २ गते एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि चैत ६ गते बुक क्लोज गर्ने भएको छ । चैत ३ गते फागु पूर्णिमा (होली) को सार्वजनिक बिदा र चैत ४ र ५ गते शुक्रबार शनिबार परेकाले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगदसहित कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । इन्स्योरेन्सले चैत १७ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।




















