भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेड बीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पुर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पार्नु भएको थियो ।
सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडकाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने छ भन्ने विश्वास र प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दाहालले आजको वदलिदो परिस्थितमा बीमाको अपरीहार्यताको बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा पछी दावीको अवस्थामा कुनै समस्या नहुने कुरा आफ्नो प्रस्तुतीकरणमा बताउनु भयो ।
उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राख्न’ भएको थियो ।
सोही अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गर्न’ भएको थियो ।
























