stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी बिकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत यस बैंकको बैतडी, पाटन शाखाले पाटन ̵ ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका विच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रि«य खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक बिजय शाहले बताउनुभयो ।

बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहिल भएको र खेलकुद विकासका लागी महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रती विद्यालयका प्रधानाध्यापक बिरेन्द« बहादुर चन्दले धन्यवाद ज्ञापन गर्नुभयो । महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

IME Lifesidebar
kumari