नेको इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेको इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य १ हजार ४३ रुपैयाँ ४८ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले चैत ९ गते बस्ने वार्षिक साधारण सभाको लागि आज चैत १ गते मंगलबारदेखि बुक क्लोज गरेको हो ।
फागुन ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । यस इन्सुरेन्सले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।























