शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला
शिखर इन्स्योरेन्सले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको हो
काठमाडौं । शिखर इन्स्योरेन्सको आज चैत १ गते मंगलबारबाट ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यसमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ ।
यस्तै, शिखर इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यलयबाट पनि आवेदन दिन मिल्नेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ ।
शिखर इन्स्योरेन्सले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।
























