सानिमा जनरल इन्स्योरेन्स चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा भौतिक/भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराही, काठमाडौंमा पौष ३० गते सम्पन्न भएको छ ।
उक्त साधारण सभामा आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान ९ल्ँच्क्० बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
त्यसै गरी आगामी आ.व. २०७८/०७९ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
साथै अध्यक्षज्यूले कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा कार्यालयहरु संचालन रहेकोमा आगामी आ.व. मा थप शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी समेत प्रदान गर्नुका साथै अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गर्नु भयो ।























