नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ।
कम्पनीले गत पुस ८ गते बिहीबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानीका स्व. प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो।
गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण घरमै मृत्यु भएको थियो।
दिक्तेल शाखाका प्रमुख नवीन श्रेष्ठले हिजो गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको ५ लाख ८३ हजार ९५८ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।























