stcnepal long ad
global ime bank long

आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एन्ड यतीमा सम्पन्न गरेको छ।

“Hand in Hand for an Excellent Future” नारासहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरि रहेका २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२MDRT मा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति रहेको थियो।

आईएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिति रहेको थियो। उनीहरुले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरेका थिए।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेनरद्वारा MDRT लाई केन्द्रविन्दु बनाई प्रशिक्षण दिइएको जनाएको छ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमतावृद्धिमा थप सहयोग पुग्ने बताएका थिए ।

कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताएका छन। फुयाँलले आगामी दिनमा बीमामा आवद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरेका छन्।

त्यस्तै कम्पनीका अध्यक्ष डा। रामहरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेसा भएको र राष्ट्रका लागि योगदान पुर्याएको बताएका थिए । समापनका अवसरमा सञ्चालक अश्विनीकुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्याउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

IME Lifesidebar
kumari