stcnepal long ad
global ime bank long

भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ।

नयाँ निर्देशनबमोजिम अब नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त संस्थाहरुले पेमेन्ट कार्ड इन्डस्ट्री– डाटा सेक्युरिटी स्ट्यान्डर्डस् (पीसीआई–डीएसएस), ईएमभी स्ट्यान्डर्ड, ईएमभी कन्ट्याक्टलेस स्ट्यान्डर्डजस्ता अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने भएको छ।

IME Lifesidebar
kumari