citizens life insurance long ad
stcnepal long ad

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्ताव गरेको लाभांश वितरण गर्न सरकारबाट स्वीकृति पाएको छ।

मन्त्रीस्तरको गत सोमबारको निर्णयले पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ । यसअघि पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिले गत असोज ४ गते स्वीकृत गरेको थियो।

सरकार र बीमा समितिबाट स्वीकृति पाएसँगै अब पुनर्बीमा कम्पनीले आगामी वार्षिक साधारण सभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्न सक्नेछ। गत भदौ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को परिमार्जित वित्तीय विवरण अनुसार कम्पनीमा रहेको सेयर प्रिमियम बाहेकको वितरण योग्य मुनाफाबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँको कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन्।

IME Life
kumari