प्राइम लाइफ इन्स्योरेन्सको नाफा १२ करोड २५ लाख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १.४९५ ले वृद्धि गरी १२ करोड २५ लाख ७५ हजार रुपैयाँ पुर्याएको जनाएको छ ।
कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ९.८०५ ले बढेर १ अर्ब १७ करोड ९२ हजार रुपैयाँ पुगेको सो बीमा कम्पनीले जनाएको छ । जीवन बिमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ जम्मा भएको बताइएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको रिजर्भ कोष भने ११.३८५ गिरावट हुँदै ८० करोड २९ लाख ३९ हजार रुपैयाँमा आएको छ । प्रतिसेयर आम्दानी पनि सामान्य घटेर २० रुपैयाँ २८ पैसामा आएको छ ।
गत वर्ष प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ १५ पैसा रहेको कम्पनीले जनाएको छ ।