stcnepal long ad
global ime bank long

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ ।

१ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी भएको लिमिटेडको जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लिमिटेडको जगेडा कोषमा २३ करोड ५४ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

यस अवधिमा लिमिटेडको बीमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लिमिटेडको बीमा कोषमा ७० करोड ५७ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लिमिटेडको बीमा कोषको आकार बढेको छ ।

यस अवधिमा लिमिटेडको खुद बीमा शुल्क बढेको छ । गत आर्थिक वर्षमा २२ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लिमिटेडको खुद बीमा शुल्क आर्जन ६ दशमलव १० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५करोड ६३ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लिमिटेडको खुद नाफा १६ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा लिमिटेडले ५ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लिमिटेडले ३ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लिमिटेडको खुद दाबी भुक्तानी ३७ प्रतिशतले बढेको छ । यस अवधिमा लिमिटेडको प्रति शेयर आम्दानी ६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari