citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रधान सेनापति शर्मा र गणतन्त्र कोरियाका महामहिम राजदुत बीच भेटवार्ता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क चोङ सुक (Mr. Park Chong-Suk) बीच आज कार्तिक ३० गते जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ । नेपाली सेनाले कोरियन टेक्नोलोजीका मेशिन ल्याएर सुन्दरीजल आर्सनल कार्यालयमा गोली बनाउने,मेडल बनाउने कार्य गर्दै आएको छ।

himalayan life insurance
igi long