sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

चिनियाँ सेनाद्वारा भेरोसेल खोपसहित स्वास्थ्य सामग्री नेपाली सेनालाई प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोप सहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप र अन्य सामग्री सहयोग गरेको हो ।

चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभयो ।

नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचको सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको छ ।

prabhu bank
nawakantipur long