sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सन्तोष प्रसाईले नेपाल लाइफ इन्स्योरेन्स छाडे

Nimb long ad
Prabhu Insurance Long Ad

सन्तोष प्रसाईले नेपाल लाइफ इन्स्योरेन्स छाडे

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यकाल पूरा नभइ राजीनामा दिएका छन् । कम्पनीको संचालक समितिसँग विवाद परेपछि प्रसाईले कार्यकाल नसकिँदै राजीनामा दिएको बताइएको छ ।

तत्कालीन सीइओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीइओको रुपमा कार्यरत प्रसाईंलाई गत २०७७ माघ २७ गते बसेको संचालक समितिको बैठकले सीइओ बनाएको थियो ।

यसरी प्रसाईले कार्यकालको ९ महिना नबित्दै सीइओ पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा कम्पनी संचालक समिति र बीमा समितिमा समेत बुझाएको नेपाल लाइफ इन्स्योरेन्स लि। स्रोतले जानकारी दिएको छ ।

विवेक झाले इन्स्योरेन्स छाडेपछि नेपाल लाइफ इन्स्योरेन्सले उल्लेख्य प्रगति गर्न नसकेको बताइन्छ । बीमा अभिकर्ता तथा कतिपय आन्तरिक विवादहरु मिलाउन तथा व्यवस्थापन गर्न समेत प्रसाईंले नसकेपछि उनको परफरमेन्समाथि पटक(पटक प्रश्न उठ्ने गरेको थियो । यिनै विषय लम्बिँदै गएर विवाद उत्कर्षमा पुगेपछि प्रसाईले राजीनामा दिएका हुन्।

प्रसाईको राजीनामासँगै नेपाल लाइफ इन्स्योरेन्समा सीइओको रुपमा संस्थाबाहिरबाट कुशल व्यवस्थापक ल्याउने तयारी भइरहेको बुझिएको छ । शिवनाथ पाण्डे, महेश ढकाल लगायतका नामहरु नेपाल लाइफको भावी सीइओको रुपमा चर्चामा आएका छन्

prabhu bank
nawakantipur long