stcnepal long ad
global ime bank long

४० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग आइएमई जनरल इन्स्योरेन्स कम्पनीले माग्यो अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न  नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो ।

आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँबाट ४०५ हकप्रद बिक्री गर्ने तयारी गरेको हो । उक्त हकप्रद बिक्रीपछि भने कम्पनीको पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६० प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

यस अवधिमा कम्पनीले ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।

IME Lifesidebar
kumari