citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज नेको इन्सुरेन्सको भर्चुअल माध्यमबाटसाधारण सभा 

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज  नेको इन्सुरेन्सको साधारण सभा  बिहीबार असार ३१ गते बस्दैछ । कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

सभामा जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । साधारण सभा नेकोको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । असार १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

himalayan life insurance
igi long