Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज बिहीबारबाट युनियन लाइफ इन्स्योरेन्सको आइपीओ खुला गर्दै

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

civilbank long ad

काठमाडौं । असार २४ गते बिहीबारबाट युनियन लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

यसमध्ये ५ प्रतिशत (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयमा सबै आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


२४ असार २०७८, बिहीवार ०६:१७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad