citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । यी दुई कम्पनीको गरी कुल १ करोड २४ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले सानिमा लाइफलाई “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

युनियन लाइफ इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।

युनियनको आइपीओमा पनि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

himalayan life insurance
igi long