stcnepal long ad
ime life insurance
global ime bank long

अजोड ईन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

अजोड ईन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७५–०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ । सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय (विराटनगर, विरगंज, हेटौंडा , पोखरा, बुटवल, सुर्खेत, धनगढी) तथा १६ वटा शाखा कार्यालय (विर्तामोड, इटहरी, जनकपुर, नारायणघाट, बनेपा, भक्तपुर, नयाँ बानेश्वर, जोरपाटी, बुढानिलकण्ठ, बालाजु, ललितपुर, कलंकी, कीर्र्ितपुर, पर्वत, भैरहवा र नेपालगंज तथा १५ वटा उपशाखा कार्यालय (दमक, रौतहट, लाहान, जितपुर सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुबटार, बुर्तिवाब, दमौली, गुल्मी, पूर्वी रुकुम, टिकापुर, दाङ्ग र पश्चिम रुकुम) तथा १८ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु (एकान्तकुना, सतुङ्गल, ठाडोभयाङ्ग, भक्तपुर, विर्तामोड, इटहरी, बिराटनगर, लहान, जनकपुर, हेटौडा, नारायणघाट, कावासोती, डुमे्र, पोखरा, बुटवल, नेपालगंज, धनगढी, सुर्खेत, ) र १ वटा ग्राहक सेवा केन्द्र (सञ्चय कोषको कार्यालय, ठमेल ) मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको पनि जनाएको छ ।

prabhu mahalaxmi
kumari