stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ इन्स्योरेन्सको जेठ २८ गते शुक्रबार वार्षिक साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले जेठ २८ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभामा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ३.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने लागेको हो । सिद्धार्थले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस वितरण पछि भने चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । यता, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरणहरु पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ ।

वार्षिक साधारण सभा सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिडियो कन्फरेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभा गर्न जेठ १४ गतेदेखि बुक क्लोज गरिएको छ । जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

IME Lifesidebar
kumari