Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आगामी जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्सले  वार्षिक साधारण सभा

civilbank long ad

काठमाडौं ।आगामी जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्सले  वार्षिक साधारण सभा बोलाएको छ । सभामा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुनेछ ।

गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ३.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांशसिद्धार्थ इन्स्योरेन्सले दिने लागेको हो । सिद्धार्थले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस वितरणपछि भने चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । यता, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरणहरु पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ ।

सभा सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिडियो कन्फरेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ ।

सभा गर्न जेठ १४ गतेदेखि बुक क्लोज हुने भएकाले जेठ १३ गतेसम्म कायम रहने सेयरधनीले माात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


६ जेठ २०७८, बिहीवार ०७:५५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad