citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एभरेष्ट इन्स्योरेन्सको नाफा १४ करोड १८ लाख रुपैयाँ, १५ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १८.६१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।

कम्पनीले चैत मसान्तसम्ममा १४ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले यस वर्ष ३३ प्रतिशतले कुखल बीमा शुल्क आर्जन बढाउन सफल भएको छ भने खुद बीमा शुल्क आर्जन १५ प्रतिशतले मात्रै बढेको छ ।

यहि अवधिम ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन भने ७६ करोड ६१ लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा बीमा कोष ३६ प्रतिशतले बढेको छ । कम्पनीको बीमा कोष ४० करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै शेयरधनीको जगेडा कोष पनि ६७ प्रतिशतले बढेको छ ।

जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी थप २ रुपैयाँले बढेर १८ रुपैयाँ पुगेको छ ।

himalayan life insurance
igi long