Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

एसियन लाइफ इन्स्योरेन्सको नाफा ३९.३१ प्रतिशतले बढ्यो

civilbank long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एसियन लाइफ इन्स्योरेन्सले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३९.३१ प्रतिशत ले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोष र खुद बिमा शुल्क पनि बढेको छ ।

जीवन बिमा कोष २६.१७ प्रतिशत ले बढेर २५ अर्ब ४२ करोड ८ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा २० अर्ब १४ करोड ८० लाख ३२ हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ४८.१० प्रतिशत ले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

एसियन लाइफ इन्स्योरेन्सको चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ र जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ करोड रुपैयाँ छ ।


३० वैशाख २०७८, बिहीवार ११:१३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad