stcnepal long ad
global ime bank long

यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रको इतिहासमै पहिलो महिला सीईओ बन्न सफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै उनी बीमा क्षेत्रको इतिहासमै प्रथम महिला सीईओ बन्न सफल भएकी छिन् । साथै, अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा नियुक्त हुन सफल भएकी छिन् ।

नवनियुक्त सीईओ पौडेलसँग बीमा क्षेत्रको विगत एक दशक भन्दा बढि कार्यानुभव रहेको छ । यसअघि उनले यूनाइटेड इन्स्योरेन्स कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टीम वर्कलाई विशेष ध्यान दिन्छिन् । युनाइटेडमा उनको प्रवेशसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको थियो र उनी प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएसँगै इन्स्योरेन्स थप उचाईमा पुग्ने कम्पनीको विश्वास छ ।

IME Lifesidebar
kumari