प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा जेठ ६ गते
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले जेठ ६ गते २५ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले प्रभु कम्प्लेक्स तीनकुनेमा भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने भएको हो । कम्पनीको ३८९ औ सञ्चालक समितिको बैठकले जेठ ६ गते विहिबार दिनको ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।
कम्पनीको प्रबन्धपत्रको दफा तीनमा कम्पनीको उद्देश्य अर्तर्गत सामुहीक लगानी कोष योजना संचालन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सञ्चालक समितिका सदश्यहरुको बैठक भत्ता बृद्धिको प्रस्ताव पनि साधराणसभामा पेश गरिने भएको छ ।
साधारणसभामा लेखापरिक्षकको प्रतिवदेन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ ।
सञ्चाक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २०७७ असार मसान्तमा कायम चुक्ता पूँजीको ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार नगद लाभांस पारित गर्ने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धाण सम्बन्धमा वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुन नियुक्ती गर्ने प्रस्ताव गरिएको छ ।





















