आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न, ४० प्रतिशत हकप्रद र बोनश शेयरको प्रस्ताव पारित
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेसँगै सभा जुमको माध्यामबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभामा शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशत हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ ।
त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिर हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीको जारी पूँजीको अनुपात संस्थापक शेयरधनी समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने लगायतका एजेण्डा पारित भएका छन् ।
साधारण सभामा अध्यक्ष हेम राज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए ।
हाल कूल बीमाको पहुंच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले बताए ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा गरे ।
बीमाको पहुंचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौं । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुंच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको बताए ।
त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको तुलनामा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, चालु आ।ब।को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको बताए । अब बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने कम्पनीले जनाएको छ ।





















