नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गर्ने भएका छन । त्यसैले आज सोमवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउने छन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश वितरणका लागि चैत २७ गते कम्पनीले एअरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने जनाएको छ ।























