सुरुङमार्गसँगै बजार बन्ने
काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने मुख्यनाकाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागि जग्गा अधिग्रहण र डिजाइन समेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङ मार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएरयात्रागर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमाअन्तर्राष्ट्रिय स्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार सो ठाउँमा बजार विकासको काम सुरु भइसकेको छ ।
उहाँले भन्नुभयो, ‘‘जापान लगायतका अन्य मुलुकमा समेत सुरुङ मार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आराम गर्ने र आवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्य मर्मत सम्भार गर्न सुरुङ मार्गको प्रवेशद्वारमा ‘सर्भिस सेन्टर’ निर्माण गरिएको हुन्छ । सोही अवधारणा अन्तर्गत नागढुङ्गा सुरुङ मार्ग पनि‘सर्भिस सेन्टर’ निर्माण गर्न लागिएको हो । ’’
महानिर्देशक थापाका अनुसार सुरुङ मार्ग निर्माण आयोजना कै चौथो काम (कम्पोनेन्ट) अन्तर्गत निर्माण हुन लागेको सो बजारमा अन्तर्राष्ट्रिय स्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनी स्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्र लगायतका संरचना निर्माण गरिने छ । त्यसैगरी स्थानीय किसानको कृषि जन्यउत्पादन तथा परम्परागत हस्तकला उत्पादनका लागि छुट्टै स्टल निर्माण गरिने छ ।
त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङस्थल निर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिर गर्न बजारन जिकै आकर्षक बनाउन बगैँचा समेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एक छिन भएपनि फ्रेस हुन पाउँदा सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको महानिर्देशक थापाको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘मुलुकको पूर्वााधार विकासको पहिलो प्राथमिकता प्राप्त सो आयोजनाको पहिलो कम्पोनेन्ट अन्तर्गत सुरुङ मार्ग, दोस्रो कम्पोनेन्टअ न्तर्गत पहुँच मार्ग, तेस्रो कम्पोनेन्ट अन्तर्गत फ्लाई ओभर र चौथो कम्पोनेन्ट अन्तर्गत सो सर्भिस सेन्टर निर्माण गरिनेछ । ’’निर्माण कम्पनीले सुरुङ मार्गसँगै सो बजार समेत निर्माण गरी सरकारले हस्तान्तरण गर्ने गरी सम्झौता भएको महानिर्देशक थापाले बताउनुभयो ।
बजारको सम्पूर्ण पूर्वाधारतयार गरी सडक विभागले त्यसको व्यवस्थापन तथा सञ्चालनको जिम्मा सुरुङ मार्गसँगै रहेको धुनीबेँसी नगरपालिकालाई दिने सरकारको योजना रहेको महानिर्देशक थापाले जानकारी दिनुभयो । सो ठाउँमा बजारको निर्माण तथा सञ्चालनले स्थानीय मौलिक उत्पादनले बजार पाउनुका साथै स्थानीयले रोजगारी पाउने छन् । यसबाट स्थानीयकोे जीवनस्तर उकासिने विश्वास गरिएको उहाँले बताउनुभयो ।
महानिर्देशकथापाले भन्नुभयो, ‘‘निर्माणाधीन सर्भिस सेन्टर नेपालको इतिहासमा नै पहिलो पटक राजमार्गका यात्रुलाई लक्षित गरी निर्माण गर्न लागिएको हो । अहिलेसम्म नेपालको कुनै पनि राजमार्गमा यात्रु लक्षित गरी सर्भिस सेन्टर निर्माण गरिएको छैन । ’’विकसित मुुलुकको राजमार्गमा करिब ४०/५० किलोमिटरको दूरीमा यस प्रकारका सर्भिस सेन्टर निर्माण गरिएको हुन्छ ।
जापान सहयोग नियोग (जाइका) को करिब १६ अर्ब रुपियाँ सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण भइरहेको छ । सोही लागत अन्तर्गत नै सर्भिस सेन्टर निर्माण गर्न लागिएको उहाँले बताउनु भयो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसादयादवले लेखेका छन ।























