stcnepal long ad
global ime bank long

मनिषा कोइराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नायिका मनिषा कोइराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा तीन वर्षको लागि नियुक्त भएकी छिन् । नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए ।

साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए।

उक्त कार्यक्रममा श्रेष्ठले नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने जानकारी गराए ।

त्यसै गरी उक्त कार्यक्रममा नायिका मनिषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

IME Lifesidebar
kumari