stcnepal long ad
global ime bank long

वर्ष २०७५ को हेम बहादुर मल्ल सम्मान डा. दासलाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल जनप्रशासन सघं र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सयुक्त रुपमा हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान वर्ष २०७५ सालका लागि डा.गौरीशंकरलाल दासलाइ प्रदान गरिने भएको छ ।

तत्कालीन श्री ५ को सरकार निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना कालमा महाप्रबन्धको रुपमा सेवा प्रवेश गर्नु भएका स्व मल्लले कर्पोरेशनको पहिचान स्थापितका लागि गर्नु भएको २५ वर्षको योगदानको सम्मानमा स्थापित दुई लाख रुपैयाँ राशीको पुरस्कार २०६० साल देखि निरन्तर प्रत्येक वर्ष प्रदान गरिदै आएको साल्ट ट्रेडिङ लिमिटेडले जनाएको छ ।

पुरस्कार सम्बन्धी जानकारी दिन आज राजधानीमा कर्पोरेसन र संघद्धारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पूर्व मन्त्री माधव प्रसाद पोडेलको संयोजकत्वमा पानका अध्यक्ष कृष्ण कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धर नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने , जीवन प्रभा लामा सदस्य रहेको उच्चस्तरिय छनौट समितिको निर्णयानुसार डा. दासलाइ उक्त पुरस्कारबाट सम्मानित गरिन लागेको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा वरिष्ठ छातीरोग विशेषज्ञ समेत रहेका ९६ वर्षीया डा दास सामाजीक अभियन्ताको क्षेत्रमा एक उज्ज्वल नक्षत्रको रुपमा रहेको जानकारी दिदै उहाँले आफ्नो जीवनमा मुलुकको लागि विभिन्न क्षेत्रमा रहेर गर्दै आउनुभएको योगदान आफैमा महत्वपूर्ण भएका कारण प्राप्त नामावली मध्ये १६औ। श्रृखलाको पुरस्कारका लागि डा दासलाइ छनोट गरिएको जानकारी दिनुभयो ।

त्यस्तै विस २०६० सालमा स्थापना गरिएको पुरस्कारबाट पहिलो पटक केदारभक्त माथेमा, त्यस्तैगरि क्रमस चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र नागरि समाजका अगुवा देवेन्द्रराज पाण्डे , नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रुईतलाई  सम्मानित गरिसकेको जानकारी दिनुभयो ।

उक्त पत्रकार सम्मेललनमा  साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले मुलत नुनको कारोवारलाई व्यवस्थित गर्ने आम उपभोक्तालाई राहत दिने लक्ष्यले स्थापित यस संस्थाले पछिल्लो समय दैनिक अत्यावश्यक वस्तुको आपुर्ति अन्तर्गत नुन. चिनी. मैदा अनुदानित रासायनिक मल,ग्यास लगायतको व्यवस्थित विक्री वितरण गर्दै आएको जानकारी दिदै कर्पोरेसनले जस्तो सुकै विषम अवस्थामा पनि उपभोक्ताका लागि सहज सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

IME Lifesidebar
kumari