प्रभु इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्न मंसिर २८ गते अन्तिम
काठमाडौं । प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने मंसिर २८ गते आइतबार अन्तिम दिन हो । प्रभु इन्स्योरेन्सले मंसिर २१ गतेदेखि लिलामी सेयर खुला गरेको हो । लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनु पर्नेछ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिनेछ ।























