citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाईफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँ बोनस दर आज सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको छ । गत कार्तिक २५ गते बीमा समितिबाट स्वीकृत भएको नयाँ बोनस दर आज सार्वजनिक गरिएको हो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनतम प्रतिहजार २५ रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ । सञ्चालन अवधीमा कम्पनीले आर्जित आम्दानी, जीवन बीमा कोषको क्षमताको आधारमा जीवन बीमा कम्पनीहरुको बोनस दर निर्धारण हुने गर्दछ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच वटा जीवन बीमा प्रडक्टहरुमा बीमा अवधी अनुसार फरक फरक बोनस दर घोषणा गरेको छ ।

आज सार्वजनिक गरिएको बोनस दरमा २५ फरक फरक बोनस दर सार्वजनिक गरिएको हो ।

घोषित बोनस दर अनुसार बार्षिक अग्रिम भुक्तानी बीमा योजना बीमालेख अन्तर्गत नौ वर्षसम्म अवधीका लागि बीमा गरेका बीमितले सबैभन्दा कम प्रतिहजार २५ रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक जीवन बीमालेख अन्तर्गत ३० वर्ष वा सो भन्दा बढि अवधीको लागि बीमा गरेका बीमितहरुले सबैभन्दा बढि प्रतिहजार ७३ रुपैयाँका दरले बोनस पाउनेछन् ।

कम्पनीले सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गरेको सावधिक जीवन बीमा तथा सावधिक तथा आजिवन बीमालेख १५–१९ वर्षको बीमालेखको बोनस दर क्रमशः ४५ र ४० रुपैयाँ रहेको छ । उक्त दुई बीमालेखमा छ हजार ४३५ र पाँच हजार ६४५ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

IME Life
kumari