stcnepal long ad
ime life insurance
national life
global ime bank long

बीमा दावीका लागि धमाधम नक्कली पिसिआर रिपोर्ट बनाइदै, दुई पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी लिनकै लागि नक्क्ली पिसिआर रिपोर्ट बनाउने क्रम बढेको छ । यसैक्रममा नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जनालाई नेपालगन्ज प्रहरीले पक्राउ गरेको छ ।

बाँकेस्थित भेरी अस्प्तालबाट दर्जनौं कोरोना बीमितलाई नक्कली पिसिआर रिपोर्ट बनाएको खुलेको छ । सोही अस्पतालका सुरक्षागार्ड र उनका एक सहयोगी मिलेर चिकित्सकको कीर्ते हस्ताक्षर गरी अस्पतालकै लेटरप्याडमा नक्कली पिसिआर रिपोर्ट जारी गर्ने गरेका थिए । प्रहरीले सूचना पाएपछि कीर्ते कार्यमा संलग्न दुई व्यक्तिलाई फक्राउ गरेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्ड सहितका व्यक्तिले कीर्ते कोरोना भाइरस पोजेटिभ भएको पिसिआर रिपोर्ट बनाउने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गर्ने गरेको तथ्य खुलेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

उनीहरुले कोरोना बीमा गरेका बीमितलाई पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि कीर्ते गरी पोजेटिभ रिपोर्ट दिने गरेको खुलेको छ । उनीहरुले वटा कीर्ते रिपोर्ट बनाए भन्ने खुलिसकेको छैन ।

अस्पतालका अनुसार उनीहरुले असोजदेखि नै यस्तो कार्य गर्दै आएका थिए । प्रतिव्यक्ति पाँच हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म लिएर कीर्ते पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ ।

IME Lifesidebar
kumari