stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा दुई दिनमा पाँच लाख ६१ हजारको आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले हिजोदेखि बिक्री खुल्ला गरेको आईपिओमा दुई दिनमा पाँच लाख ६१ हजार ८७३ आवेदकले आवेदन दिएका छन् ।

आज साँझसम्मको तथ्याङ्क अनुसार ३० करोड रुपैयाँको प्राथमिक शेयर आवेदन आह्वान गरिएकोमा एक अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

उक्त आवेदन माग गरेको भन्दा ४.५७ गुणा बढि हो । गोलाप्रथाद्वारा दुई लाख ७३ हजार आवेदकले १० कित्ताको दरले पाउने आईपिओमा मेरो शेयर एप्स तथा आश्वास सदस्यता लिएका बैंक मार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

नेपालको इतिहासमा दुई दिनमा यति धेरै मानिसले आवेदन दिएको सम्भवतः यो पहिलो घटना हो । यसअघि जनरल इन्स्योरेन्सको आईपिओमा झण्डै आठ लाखको आवेदन परेको थियो । त्यस्तै रिलायन्स लाईफले खुल्ला गरेको आईपिओमा पाँच लाख १८ हजारको आवेदन परेको थियो ।

आईपिमा आवेदन भर्ने म्याद अझै तीन दिन बाँकी छ । आगामी आईतबार अपरान्ह ५ बजे आईपिओ बन्द हुनेछ । सो अवधीमा भरेका सबै आवेदक मध्ये गोला प्रथाद्वारा न्यूनतम १० कित्ताको दरले दुई लाख ७३ हजार आवेदकलाई शेयर वितरण हुनेछ ।

IME Lifesidebar
kumari