आइएमई जनरलको नाफा बढ्यो, ३० करोड ६२ लाख रुपैयाँ खुद बिमा शुल्क
आर्थिक सञ्जाल । १ फागुन २०७६, बिहीबार । आइएमई जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ६५ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १३.७०५ धेरै हो । गत वर्ष यसै बेला कम्पनीले ५ करोड ८५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि गत वर्षको भन्दा १५.७५५ले बढेर ३० करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष २६ करोड ४५ लाख ८५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस त्रैमाससम्म बिमा कोषमा २८ करोड ४३ लाख ६३ हजार रुपैयाँ छ । यो गत वर्षको भन्दा ३७.२०५ ले धेरै हो । गत वर्ष कम्पनीको बीमा कोषमा २० करोड ७२ लाख ५७ हजार रुपैयाँ थियो । यसले ११ करोड ६१ लाख १७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत वर्षको भन्दा ४६.०७५ ले धेरै हो । गत वर्ष यसको खुद दाबी भुक्तानी ७ करोड ९४ लाख ८९ हजार रुपैयाँ थियो ।
कुल दाबी भुक्तानी हुन बाँकी रकम ७६ करोड ८२ लाख ५५ हजार रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा १९ करोड ९० लाख ३८ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३६ पैसा रहेको छ ।