stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु इन्सुरेन्सको नाफा ३२.५१५ ले बढ्यो, अरु सूचक पनि सकारात्मक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । १ फागुन २०७६, बिहीबार काठमाडौं । प्रभु इन्सुरेन्सले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३२.५१५ ले धेरै हो । गत वर्ष यसले ४ करोड ४४ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन पनि २१ करोड १३ लाख २० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै त्रैमास भन्दा १.४१५ धेरै हो । गत वर्ष प्रभु इन्सुरेन्सले २० करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको बिमा कोषको आकार पनि गत वर्षको भन्दा ३०.४२५ ले बढेको छ । गत वर्ष यसै त्रैमाससम्म ४६ करोड ५१ लख ९३ हजार रुपैयाँ रहेको बिमा कोषलाई बढाएर ६० करोड ६७ लाख २० हजार रुपैयाँ पुरयाउन कम्पनी सफल भएको छ । चुक्ता पुँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा १९ करोड २२ लाख ३ हजार रुपैयाँ छ । कम्पनीले १० करोड ४३ लाख ६६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
यस त्रैमाससम्म कुल दाबी भुक्तानी हुन बाँकी रकम १४ करोड ६७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
प्रभुले महा विपत्ति जगेडा कोषमा ८ करोड ८३ लाख २१ हजार रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari