stcnepal long ad
ime life insurance
national life
global ime bank long

लगानीकर्ताको हितग्राही खातामा ३०% हकप्रद सेयर शिखर इन्स्योरेन्सले पठायो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । लगानीकर्ताको हितग्राही खाता (डिम्याट खाता) मा  शिखर इन्स्योरेन्सले ३०% हकप्रद सेयर  जम्मा गरिदिएको छ । कम्पनीले २०७६ फागुन १२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद सेयर हितग्राही खातामै जम्मा गरेको हो ।

उक्त समयपछि डिम्याट गर्नेहरुको हकप्रद पनि खातामै जम्मा गरिदिने तयारी भइरहेको शिखर इन्स्योरेन्सले जनाएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने सेयर डिम्याट गरेपछि मात्र हकप्रद पाउने छन् । यसको लागि कम्पनीले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । यस्तै, सेयर धितोमा राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र सेयर खातामा पाउनेछन् ।

शिखर इन्स्योरेन्सले गत असार १४ गतेबाट साउन १४ गतेसम्म ३०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद निष्कासन पछि शिखरको चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

prabhu mahalaxmi
kumari