stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एनएलजी इन्स्यारेन्सको बीमा शुल्क आर्जन झण्डै अर्ब

Nimb long ad
Prabhu Insurance Long Ad

२९ माघ २०७६ काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को दोस्रोे त्रैमाससम्म ९२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै कम्पनीले पुस मसान्तसम्ममा ८ करोड ८५ लाख खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ३५ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड २१ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले महाविपत्ती जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ छुटाएको छ ।कम्पनीको कुल दावी भुक्तानी रकम ६० करोड ८८ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकि रकम ६८ करोड ४५ लाख रहेको छ ।

prabhu mahalaxmi
kumari