citizens life insurance long ad
stcnepal long ad

सगरमाथा इन्स्योरेन्सको २३ औं साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २३ औं साधारणसभा सम्पन्न भएको छ । नेपालको इतिहासमा पहिलो पटक डिजिटल माध्यमबाट साधारणसभा सम्पन्न गरेको सगरमाथा इन्स्योरेन्सले आ.व. २०७५/०७६ मा लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो आ.व.मा ठूलो मात्रामा लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश वितरण गर्न नसकेको हो ।

डिजिटल रुपमा जुम एप्स मार्फत सम्पन्न भएको साधारणसभामा अध्यक्ष आर.के मानन्धरले आगामी वर्ष मुनाफा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साधारणसभामा उनले कम्पनीको बीमा व्यवसाय बृद्धि हुँदै गएकाले आगामी दिनमा मुनाफा वितरण गर्न कुनै समस्या नरहेको समेत जानकारी दिए ।

साधारणसभामा एन एफआर एस र सापटी लिएर गत वर्ष मुनाफा वितरण गरेकोमा यस वर्ष सो ऋण कोषमै फिर्ता गर्नु परेकाले पनि मुनाफा वितरण गर्न नसकिएको प्रष्टिकरण दिइएको छ ।

लगानीकर्ताहरुले लाभांश नदिएको घटनाको सम्बन्धमा निकै चासो राखेका थिए । अध्यक्ष मानन्धर र सिईओ क्षेत्रीले भने आगामी वर्ष मुनाफा वितरण गर्न सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सगरमाथा इन्स्योरेन्सका अध्यक्ष मानन्धरले कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आ.व.को तुलजनामा १ अर्ब ८१ करोडले वृद्धि गरी २ अर्ब १९ करोड ४७ लाख ४६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको जानकारी जुम मार्फत साधारणसभामा सहभागीहरुलाई दिएका छन् ।
गत आ.व.मा कम्पनीले १८.४३ प्रतिशतले बीमा शुल्क संकलन बढाएको जानकारी दिइयो भने कम्पनीको बीमा कोष, महाविपत्ति तथा अन्य जगेडा कोष गरी ७३ करोड ८ लाख ७८ हजार बराबरको रहेको अध्यक्ष मानन्धरले साधारणसभामा जानकारी दिए ।

डिजिटल रुपमा बोलाइएको साधारणसभामा ६२ प्रतिशत उपस्थिति रहेको कम्पनीले जनाएको छ । साधारणसभामाले मर्जरमा जाने प्रस्ताव पारित गर्दै मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिएको छ । साथै साधारणसभामाले आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

IME Life
kumari