stcnepal long ad
global ime bank long

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पहिलो वार्षिकोत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य सञ्चालनको एक वर्ष पुरा गरेको छ । नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो ।

कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा सञ्चालन गरि सकेको छ । त्यसै गरी ६० जिल्लामा अभिकर्ता तालिम सञ्चालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन ।
कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डवल सार्वधिक बीमा, महालक्ष्मी सार्वधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याई सकेको छ ।

कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ ।
कम्पनीले २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ ।

जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ।कम्पनीले आ.व. २०७६र०७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा सञ्चालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको छ ।

कम्पनीले १ महिना भित्र शाखा रहीत बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम सञ्चालन गर्ने गरी तयारी गरिरहेको अवगत गराउन गराएको छ । वार्षिक उत्सबको अवसर पारेर कम्पनीले रु ५० लाख सम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

IME Lifesidebar
kumari